बारेमा

हाम्रो ध्येय:

प्रकाशनको लोकतन्त्रीकरण

निर्माण गर्ने स्वतन्त्रता। परिवर्तन गर्ने स्वतन्त्रता। वितरण गर्ने स्वतन्त्रता।

हाम्रो कथा

वर्डप्रेसको सुरुवात २००३ मा भयो जब माइक लिटल र म्याट मुलन्वेगले बि२/क्याफेलग को फोर्क सिर्जना गरे। एक सुरुचिपूर्ण र सुगठित व्यक्तिगत प्रकाशन प्रणालीको आवश्यकता त्यतिबेला पनि स्पष्ट थियो। आज वर्डप्रेस पिएचपी र माइएसक्युएलमा बनाइएको छ र जिपिएल भि२ अन्तर्गत लाइसेन्स दिइएको छ। यो वेबमा रहेका सबै साइटहरूको ४३% भन्दा बढीको रोजाइको प्लेटफर्म पनि हो।

वर्डप्रेस खुला स्रोत परियोजना समयको साथ प्रगतिशील तरिकामा विकसित भएको छ — दक्ष, उत्साही डेभलपर��रू, डिजाइनरहरू, वैज्ञानिकहरू, ब्लगरहरू, आदि द्वारा समर्थित। वर्डप्रेसले हस्तशिल्प व्यक्तिगत उपाख्यानहरूदेखि विश्व-परिवर्तन गर्ने आन्दोलनहरूसम्म सिर्जना र साझेदारी गर्ने अवसर प्रदान गर्दछ।

सीमित प्राविधिक अनुभव भएका मानिसहरूले यसलाई “सुरुवाती रूपमै” प्रयोग गर्न सक्छन्, र थप प्राविधिक जानकार व्यक्तिहरूले यसलाई उल्लेखनीय तरिकामा कस्टमाइज गर्न सक्छन्।

हाम्रो ध्येय

वर्डप्रेस सबैका लागि डिजाइन गरिएको छ।

हामी विश्वास गर्छौं कि उत्कृष्ट सफ्टवेयरले सर्वसुगमता, कार्यसम्पादन, सुरक्षा र उपयोगमा सहजतालाई जोड दिँदै न्यूनतम सेटअपसँग काम गर्नुपर्छ। आधारभूत वर्डप्रेस सफ्टवेयर सरल र अनुमानयोग्य छ, साथमा बृद्धि र सफलताको लागि शक्तिशाली सुविधाहरू पनि।

वर्डप्रेस खुला स्रोत सफ्टवेयर हो

लोकतान्त्रिक प्रकाशन र खुला स्रोतको साथ आउने स्वतन्त्रताको विचारलाई समर्थन गर्दै, यो परियोजनामा ​​सहयोग र योगदान गर्ने मानिसहरूको ठूलो समुदाय हो।

वर्डप्रेस स्वागतकारी र समावेशी छ।

हाम्रा योगदानकर्ताहरूको जोशले वर्डप्रेसको सफलतालाई अगाडि बढाउँछ, फलस्वरूप, तपाईँलाई आफ्नो लक्ष्यहरूमा पुग्न सहयोग मिल्छ। वर्डप्रेस योगदानकर्ताहरूले विश्वभर काम गर्छन् र महत्वपूर्ण टुल निर्माण गर्न अनगिन्ती घण्टाहरू समर्पित गरेका छन्।

चार स्वतन्त्रताहरू

वर्डप्रेस जनरल पब्लिक लाइसेन्स (जिपिएलभि२ वा पछि) अन्तर्गत लाइसेन्स प्राप्त छ जसले चार कोर स्वतन्त्रताहरू प्रदान गर्छ:

0

कुनै पनि उद्देश्यका लागि कार्यक्रम सञ्चालन गर्ने स्वतन्त्रता।

प्रोग्रामको कार्यपद्धति अध्ययन गर्ने र आफ्नो इच्छाअनुसार परिवर्तन गर्ने स्वतन्त्रता।

पुन: वितरण गर्ने स्वतन्त्रता।

तपाईँका संशोधित प्रतिलिपिहरू अरूका लागि वितरण गर्ने स्वतन्त्रता।

विवरणहरू

पृष्ठभूमि विवरणहरूमा डुब्नुहोस्, जस्तै जिपिएल र अन्य नीतिहरू।

मानिसहरू

समुदायको बारेमा जान्नुहोस्, हामी कसरी मिल्छौँ र हाम्रो गर्व देखाउँछौँ।